बुटवल,असाेज २८ ।
बुटवलमा जनताकोे उम्मेदवारलाई न्याय माग्दै धर्ना शुरु भएकोे छ ।
स्वतन्त्र उम्मेदवार डा.कमल भुसाल (निकोलस) का समर्थक र लौरो अभियानका समर्थकहरुले रुपन्देही क्षेत्र न २ कोे निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा धर्नामा बसेका हुन् ।
सो धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल,उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक र लौरो अभियानका समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका हुन् ।
उनीहरुले निर्वाचन अधिकृत हो की आदेश पालक,निर्वाचन आयोग जनताकोे उम्मेदवार खै,रातारात हस्ताक्षर चोरी राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ? लेखेका प्लेकार्ड प्रदशर्न गरिरहेका छन् ।
उनीहरुले निकोलसकोे उम्मेदवारी कायम गर्न र आफ्ना उम्मेदवारलाई न्याय दिन अपिल समेत गरेका छन् ।



यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)