बुटवल, असोज २७ ।
वेस्टन क्रिकेट एकेडेमी र बिएमडब्ल्यु एजुकेसन कन्सल्टेन्सीबीच सहकार्य गर्ने सम्झौता भएको छ। विहिबार एक समारोहका बीच बुटवलमा एकेडेमीका अध्यक्ष भुवन पाण्डे र कन्सेन्टेल्सीको डाईरेक्टर विष्णु सापकोटाका बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
क्रिकेट खेलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउन सफल भएको भन्दै यसको विकासमा योगदान दिन सम्झाैता गरिएको कन्सल्टेन्सीका डाईरेक्टर विष्णु सापकोटाले बताए।
खेलाडीहरुलाई प्लेटफर्म दिने गरि अन्य खेलकुद गतिविधिहरुमा समेत सहकार्यमा आफू तयार रहेको उनले बताए। नेपालमा मात्र नभई अष्ट्रेलिया मेलबर्नमा समेत खेल सहकार्य गरि प्रतियोगिता गर्ने उनले बताए।
कार्यक्रममा एकेडेमीका अध्यक्ष भुवन पाण्डेले ब्यक्तिगत रुपमा लगानी गरेर क्रिकेट विकासमा लागेको भन्दै खेलप्रेमीहरुको सहयोग निरन्तरता आवश्यक रहेको बताए।
यस्तो सहयोगबाट खेलाडीहरुलाई थप हौसला प्रदान भएको उनले बताए। हाल एकेडेमीमा विभिन्न उमेर समुहका बिहान र साझ गरि ४ जना अन्तराष्ट्रिय, १० जना राष्ट्रियसहित ९० जना खेलाडीहरु प्रशिक्षण लिईरहेका छन।
बुटवल शाखाले बिद्यार्थीलाई सहि परामर्श र अध्ययनका लागि सहि रुपमा बाटाे देखाइरहेको शाखा प्रबन्धक बिशाल आचार्यले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)