Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ मा उम्मेद्वारी खारेजीपछि न्याय खाेज्दै सर्वोच्च पुगे राजु गुरुङ

रुपन्देही २ मा उम्मेद्वारी खारेजीपछि न्याय खाेज्दै सर्वोच्च पुगे राजु गुरुङ

  • 3.2K
    SHARES

  • रुपन्देही २ मा उम्मेद्वारी खारेजीपछि न्याय खाेज्दै सर्वोच्च पुगे राजु गुरुङ

    बुटवल, असोज २७ ।

    निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेपछि गठबन्धनका उम्मेद्वार राजु गुरुङले सर्वोच्च अदालतमा विहिबार रिट दायर गरेका छन ।

    निर्वाचन क्षेत्र न. २ को निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको र असंवैधानिक निर्णय भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा मुद्धा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

    नेकपा एकिकृत समाजावादीबाट मैदानमा उत्रेका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न २ ले मंगलबार राती साढे ११ बजे सूचना निकालेर उम्मेद्वारी खारेज गरेको हो ।

    अदालतमा विचाराधिन भएको मुद्धालाई आधार बनाएर प्रकृया नै पूरा नगरि उम्मेद्वारी खारेज भएको भन्दै अदालतले न्याय दिनेमा आफू विश्वस्त हुने उम्मेद्वार गुरुङले बताए ।

    उजुरीबिना नै कसरी भयो राजु गुरुङको उम्मेद्वारी खारेज ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology