Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर ओलम्पियन खेलाडीहरु पोखरातर्फ

लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर ओलम्पियन खेलाडीहरु पोखरातर्फ

  • 1.2K
    SHARES

  • लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर ओलम्पियन खेलाडीहरु पोखरातर्फ

    बुटवल,असोज २७ ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् ।

    लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोली शान्तिदीपबाट दिगो टर्चलिएर शुक्रबार पोखरा पुुग्नेछ ।

    खेलाडीहरुले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी  पोखरातर्फ गएका छन् । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । 

    उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभयो । नेपाल खोखो सङ्घका महासचिवसमेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्र भूूमिबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताउनुभयो । 

    टर्च र्‍यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको दिगो पोखराका ओलम्पियनहरुमाझ पुु¥याएर ऊर्जा थप्ने विश्वास लिनुभयो  ।

    खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत गर्नुभयो ।

    नवौं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology