बुटवल,कार्तिक २४-
रुपन्देही तिलोेत्तमाका एक युवाले सिद्धिबिनायक अटो इन्टरनेशनल प्रालि भैरहवाबाट होण्डा खरिद गर्दामा ५० हजार नगद पुरस्कार जितेका छन् ।रुपन्देही तिलोेत्तमा ४ निबासी साजन कार्कीले दशैं तिहारको अफरमा होण्डाको ग्राजिया स्कुटर खरिदमा स्क्रयाच कुपनबाट उनले ५० हजार जितेका हुन् ।
उनलाइ एक कार्यक्रमका बिच सो रकम बापतको छुट प्रदान गरिएको सिद्धिबिनायक अटो इन्टरनेशनल प्रालि भैरहवाका कार्यकारी निर्देशक सुरज क्षेत्रीले नागरिक अनलाइनलाइ जानकारी दिए ।
पछिल्लो समय सिद्धिबिनायकले ग्राहकको रुचि र चाहना अनुरुप होण्डाका बिभिन्न भेराइटीका भेइकल्सहरु बिक्रि बितरण र बिशेष छुट समेत दिएकाले ग्राहकको रोजाइमा समेत परिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)