Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले लुम्बिनी प्रदेश सदस्यसहित ३१ जना नेताकार्यकर्ताको सामूहिक राजीनामा,घनश्यामलाइ साथ

एमाले लुम्बिनी प्रदेश सदस्यसहित ३१ जना नेताकार्यकर्ताको सामूहिक राजीनामा,घनश्यामलाइ साथ

  • 1.6K
    SHARES

  • एमाले लुम्बिनी प्रदेश सदस्यसहित ३१ जना नेताकार्यकर्ताको सामूहिक राजीनामा,घनश्यामलाइ साथ

    बुटवल,असाेज २६ ।

    नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेताकार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

    साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

    रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

    सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए । पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको बताए ।

    प्रदेश सदस्यबाट राजीनामा दिएका अर्का नेता शैलेन्द्र उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाउने गरेको आरोप लगाए ।

    पार्टीबाट राजीनामा दिने अन्य कार्यकर्तामा रोहिणी गाउँ पार्टी कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्य र युवासंघका स्थानीय नेता-कार्यकर्ता छन् ।

    रुपन्देही–१ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले उम्मेदवारी दिएका छन् ।

    प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका भूसालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाकले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।

    1.gif2.gif

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology