Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता,कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन

चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता,कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन

  • 2.0K
    SHARES

  • चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता,कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन

    चितवन,असोज २६ ।

    चितवन क्षेत्र नं ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ ।

    एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ ।

    चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ ।

    जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको बताए ।न्यौपाने भने अहिले सम्पर्कमा छैनन् ।

    ‘मलाई एमाले अध्यक्ष केपी ओलीबाट आर्शिवाद प्राप्त भयो,’ कोइरालाले भने, ‘म आधिकारिक रुपमा एमालेको समर्थनमा उम्मेदवार बन्ने तय भयो ।’

    कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । नेकपा एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् ।

    चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारी उम्मेदवार छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology