Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिनेले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिनेले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

  • 1.6K
    SHARES

  • कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिनेले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

    बुटवल,असाेज २५ ।

    नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।

    कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ ।

    विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरेरगराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology