Logo बिहिवार, आश्विन १ गते २०८३
images

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

  • 1.8K
    SHARES

  • वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

    बुटवल,असोज २५।

    वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

    आइतबारदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि सघन उपचार कक्ष आईसीयूमा राखी उपचार थालिएको छ।

    आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ। उनका भतिज अजरमान जोशीले स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको बताए।satyamohan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology