Logo बिहिवार, आश्विन १ गते २०८३
images

गठबन्धनका उम्मेदवारलाई निशर्त विजयी गराउन लागाैँ : गृहमन्त्री बालकृष्ण खाँण

गठबन्धनका उम्मेदवारलाई निशर्त विजयी गराउन लागाैँ : गृहमन्त्री बालकृष्ण खाँण

  • 2.1K
    SHARES

  • गठबन्धनका उम्मेदवारलाई निशर्त विजयी गराउन लागाैँ : गृहमन्त्री बालकृष्ण खाँण

    बुटवल,असोज २४ ।

    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

    सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार भैरहवामा बसेको जिल्ला स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै एव रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका खाँणले मुलुकलाई विकासको गतिमा अगाडि बढाउन गठबन्धन आवश्यक परेको बताउनुहुँदै मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

    गृहमन्त्री खाणले संविधान र लोकतन्त्रलाई नै खतरामा पारेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउनुहुँदै आगामी दिनमा मुलुकको समृद्धि र विकासका लागि गठबन्धन अपरिहार्य रहेको समेत औँल्याउनुभयो । उहाँले भन्नुभयो, ''गठबन्धन राष्ट्रिय आवश्यकता हो । त्यसकारण गठबन्धनका उम्मेदवारलाई विजयी बनाऊ सबै एक जुट भएर लागौँ ।''

    गठबन्धनलाई प्रभावकारी ढङ्गले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्र माथि प्रहार हुने खतरा कायमै रहेको भन्दै उहाँले संवेदनशील बनेर चुनावमा आफ्ना उम्मेदवार विजयी गराउन केन्द्रित हुन आग्रह गर्नुभयो ।

    राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको विजयी जरुरी रहेको उहाँको भनाइ छ ।  ''संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुई तिहाइ जरुरी छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि क्रियाशील हुनुहोस् । सानातिना मतमतान्तरमा नअल्झिनुहोस् ।''

    बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेय, (ख)का रामचन्द्र ढकालका साथै गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको थियो । बैठकमा सहभागी नेताहरूले जिल्लामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निशर्त रूपमा सबै एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

    राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि गठबन्धन अपरिहार्य भएको निष्कर्ष निकाल्दै गठबन्धनको केन्द्रीय निर्णयलाई आत्मसाथ गर्दै अगाडि बढ्ने सहमति गठबन्धनमा आबद्ध जिल्ला नेताहरूले गरेका हुन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology