Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस सभापति  शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न उजुरी

कांग्रेस सभापति  शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न उजुरी

  • 2.2K
    SHARES

  • कांग्रेस सभापति  शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न उजुरी

    डडेल्धुरा,असोज २४ ।

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । 

    सभापति देउवाको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । 

    मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हाल्नु भएको हो । 

    कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत रहनु भएका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहनु भएको छ । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत रहनुभएको थियो । 

    डडेल्धुराका मुख्य निर्वाचन अधिकृत वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गर्नुभएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology