बुटवल,असोज २४ ।
रुपन्देही क्षेत्र नम्बर ५ वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेका घिमिरेलाई निर्वाचन आयोगले आधिकारिक उम्मेदवार ठहर्याएको हो ।
आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी दिए ।
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिएर मनोनयन गर्न पठाएका थिए ।मनोनयनका बेला एउटै पार्टीका दुइनेताका नेता-कार्यकर्ताबिच आइतबार लफडा समेत भएको थियो ।
यहाँ कांग्रेसका भरतकुमार शाह प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)