Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति चुनावको नतिजापछि ट्रम्पको पार्टीमा मतभेद

राष्ट्रपति चुनावको नतिजापछि ट्रम्पको पार्टीमा मतभेद

  • 2.6K
    SHARES

  • राष्ट्रपति चुनावको नतिजापछि ट्रम्पको पार्टीमा मतभेद

    बुटवल,कार्तिक २४-

    अमेरिकामा राष्ट्रपति चुनावको नतिजापछि राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीमा मतभेद देखिन थालेको छ ।पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले डेमोक्रेट जो बाइडेनको जीतमा उनलाई बधाई दिएका छन् र चुनाव निष्पक्ष भएको बताएका छन् ।


    तर रिपब्लिकन पार्टीका केही ठूला नेता अहिले पनि राष्ट्रपति ट्रम्पको हार स्विकार गरेका छैनन् । हाउस अफ रेप्रिजेन्टेटिव्समा पार्टीका नेता केविन म्याक्कार्थीले सुरुमा हरेक कानूनी चुनौतीमाथि विचार गर्नुपर्ने बताएका छन् ।

    यस्तै राष्ट्रपति ट्रम्प अहिले पनि मतदानमा धोका भएको दाबी गरिरहेका छन् र चुनाव परिणामलाई चोरिएको बताएका छन् । यद्यपि, ट्वीटरले उनको दाबीलाई ‘विवादित’ बताएको छ ।

    राष्ट्रपति ट्रम्पले थुप्रै ट्वीट गरेका छन् जसमध्ये एकमा उनले लेखेका छन्, ‘हामीलाई विश्वास छ कि उनीहरु चोर हुन् । यो एक चोरिएको चुनाव थियो ।’


    सन् २००० मा भएको चुनावमा जर्ज डब्ल्यू बुशको तर्फबाट फ्लोरिडामा पुनः मतगणनाका लागि कानूनी रणनीति बनाउने वकिल बेन गिन्सबर्गले अमेरिकी टिभी च्यानल सिबिएससँग भने, ‘ट्रम्पले थोरै कुरेर, नतिजा हेर्नुपर्नेछ ।’

    उनले राष्ट्रपतिलाई सिधा सम्बोधन गर्दै भने, ‘यो एक लोकतन्त्र हो । यो त्यो देश हो जुन तपाईंका लागि निकै राम्रो रह्यो । तपाईंले संस्थालाई आदर गर्नुपर्छ र यीमध्ये सबैभन्दा महान संस्था हाम्रो चुनाव हो जसमार्फत् सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन्छ । र तपाईंले त्यसलाई तहसनहस पार्न सक्नुहुन्नँ ।’ –बीबीसी

    यी खबरहरू पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology