काठमाडौं, असोज २४।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
अधिकारीका अनुसार उपचाररत राष्ट्रपतिको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइ आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।
राष्ट्रपतिको डेंगु पनि परीक्षण गरिएको थियो । त्यसको रिपोपट नेगेटिभ आएको अधिकारीले बताउनुभयो ।उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य स्थिति सामान्य छ ।
राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिन नं ६०१ मा राखेर उपचार गरिएको छ ।खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महसुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)