बुटवल,असोज २४ ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनय दर्ता सकिएकाे छ ।
रुपन्देहीमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ मनोनयन दर्ता गरेका छन् । उम्मेदवारहरुको मनोनयन दर्तासँगै चुनावी माहोल पनि तीब्र भएको छ ।
पाँच निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीमा सत्ता गठबन्धन (कांग्रेस,माओबादी,समाजबादी र लोसपा ) बाट उम्मेदवारी दर्ता भएकाे हाे ।

हेराैँ नामावली :
क्षेत्र न.१ घनश्याम भुषाल (स्वतन्त्र उम्मेदवार,सत्ता गठबन्धनकाे साथ)
• प्रदेशसभा १ (क) विश्वनाथ यादव (नेपाली कांग्रेस)
• प्रदेशसभा १ (ख) अब्दुल रज्जाक (नेपाली कांग्रेस)
क्षेत्र न.२ राजु गुरुङ (नेकपा एकीकृत समाजबादी)
• प्रदेशसभा २ (क) दीर्घबहादुर केसी (नेपाली कांग्रेस)
• प्रदेशसभा २ (ख)बामदेव क्षेत्री (नेकपा माओवादी केन्द्र)
क्षेत्र न. ३ बालकृष्ण खाँण (नेपाली कांग्रेस)
• प्रदेशसभा ३ (क) सन्तोष पाण्डे (लोसपा)
• प्रदेशसभा ३ (ख)रामचन्द्र ढकाल (नेपाली कांग्रेस)
क्षेत्र न.४ मा प्रमोद यादव (नेपाली कांग्रेस)
• प्रदेशसभा ४ (क) अष्टभुजा पाठक (नेपाली कांग्रेस)
• प्रदेशसभा ४ (ख) वसीउद्दिन खाँ (नेपाली कांग्रेस)
क्षेत्र न. ५ भरत कुमार शाह (नेपाली कांग्रेस)
• प्रदेशसभा ५ (क) विष्णु पोखरेल (नेपाली कांग्रेस)
• प्रदेशसभा ५ (ख) फकरुद्दिन खान (नेपाली कांग्रेस)

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)