गोकर्ण प्रकास ज्ञवाली/ असाेज २३ रुरुक्षेत्र, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र ४ लामाखर्कमा प्रथम लामाखर्क भलिवल प्रतियोगिता शुरुभएको छ । प्रतियोगीताको उद्घाटन यस क्षेत्रका संघिय निवर्तमान सांसद एवं पूर्व संघिय पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका छन् ।
उनले कार्यक्रममा बोल्दै आफ्नो गाऊँको माटोलाई देश विदेशमा रहेका युवाहरुले माया गर्नूपर्ने बताए । उनले स्थानियस्तरमा आयोजना हुने यस्ता प्रतियोगीताहरुले स्थानिय खेलप्रेमी युवाहरुलाई खेलप्रति उत्साह जगाउने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रुरुक्षेत्र गापा वडाध्यक्ष मोती श्रेष्ठले बोल्दै यस्ता कार्यक्रमले युवाहरुलाई आफ्नो गाऊँप्रतिको दायीत्व अझ बढाउने कुरा औंल्याएँ ।
कार्यक्रममा आतिथिको रुपमा तोयनारायण ज्ञवाली, वीरबहादुर क्षेत्री, जंग नेपाली, फर्सुराम पाण्डे, टिका बहादुर केसी, मानबहादुर क्षेत्री, नारायण ज्ञवाली, अर्जुन ज्ञवाली, खेमराज ज्ञवाली, छत्र अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन दिपक ज्ञवालीले गरेका थिए भने कृष्ण गौतमले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगीता ३५ टिम दर्ता रहेको र खेल जुभुङ भलिवल टिम र लामाखर्क भलिवल टिमको खेलसंगै शुरु भएको खेल संयोजक कमल पल्लीले बताए । उनले शनिवार अनौपचारिक रुपमा स्थानिय टिमबीच मैत्रीपूर्ण भलिवल खेल खेलाईएको पनि बताए ।
प्रतियोगीतामा रेफ्रीको भूमिकामा प्रदेशस्तरिय रेफ्री भुवन शारु र प्रसान्त माझी रहेका छन् ।
खेल लामाखर्क समाज रुपन्देहीको आयोजना, एक्सपर्ट एडुकेसन एण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजन, द होटल भ्यूको सहप्रायोजन तथा रुरुक्षेत्र गापा ४ को सहकार्यमा संचालन भएको छ । बर्षादको कारण खेल निर्धारित समयभन्दा दुईदिन ढिलो शुरु भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)