Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी- क्षेत्र न १ मा भण्डारी र ज्ञवाली ,२ मा बिष्ट र झाँक्रीद्वारा उम्मेदवारी दर्ता

गुल्मी- क्षेत्र न १ मा भण्डारी र ज्ञवाली ,२ मा बिष्ट र झाँक्रीद्वारा उम्मेदवारी दर्ता

  • 3.0K
    SHARES

  • गुल्मी- क्षेत्र न १ मा भण्डारी र ज्ञवाली ,२ मा बिष्ट र झाँक्रीद्वारा उम्मेदवारी दर्ता

    गुल्मी,असाेज २३ ।

    गुल्मीमा प्रमुख राजनीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमालेबाट उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर भण्डारी र ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

    यस्तै गुल्मी २ मा गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र नेकपा एमालेका गाेकर्ण विष्टले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । 

    प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ (१) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदर्शन बराल र १ (२) बाट कांग्रेसका धनेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं.१ (१) मा चिन्तामणि पाण्डे र १ (२) बाट पर्शुराम पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
     
    त्यसैगरी निर्वाचन क्षेत्र नं. २ (१) मा गठबन्धनको तर्फबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र २ (२) मा माओवादीका बुद्धि जिसीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ भने एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं. २ (१) मा डिल्लीराज भुसाल र २ (२) मा दिनेश पन्थीले उम्मेदवारी दर्ता गराउनुभएकाे निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयाे ।   

    यस्तै प्रतिनिधि सभा सदस्य पदमा लौरो अभियानको तर्फबाट क्षेत्र नं १ मा भुवनेश्वर अर्याल र क्षेत्र नं २ मा रामलाल पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology