Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ५ : एमालेबाट प्रतिनिधिसभामा घिमिरे र भट्टराईको मनोनयन दर्ता,आधिकारिकता खाेजिदै !

रुपन्देही ५ : एमालेबाट प्रतिनिधिसभामा घिमिरे र भट्टराईको मनोनयन दर्ता,आधिकारिकता खाेजिदै !

  • 2.1K
    SHARES

  • रुपन्देही ५ : एमालेबाट प्रतिनिधिसभामा घिमिरे र भट्टराईको मनोनयन दर्ता,आधिकारिकता खाेजिदै !

    बुटवल,असाेज २३ ।

    रुपन्देही क्षेत्र न.५ मा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि दुई जनाको मनोनयन दर्ता भएको छ । तिलोत्तमाका पूर्व मेयर बासुदेव घिमिरे र राष्ट्रियसभा सदस्य रहेका खिमलाल भट्टराईले मनोनयन दर्ता गराएका हुन् ।

    घिमिरेको दर्ता नम्बर ११ र भट्टराईको दर्ता नम्बर १७ छ ।  घिमिरेले ३:३० बजे उम्मेदवारी दर्ता गरेका हुन् । भट्टराईले ४:४५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

    घिमिरेले नेकपा एमालेका तर्फबाट सिफारिस गरी निर्वाचनमा उम्मेदवार बनाउने क्षेत्रीय कमिटी तथा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीप्रति कृतज्ञता प्रकट गरेका छन् ।

    उनले वर्तमानका आकांक्षा पूरा गर्न तथा आगामी पुस्ताको भविष्य सुनिश्चित गर्नका लागि यस क्षेत्रको सामाजिक, आर्थिक र भौतिक विकासका लागि उम्मेदवार बनेको दावी गरेका छन् ।

    भट्टराई निकट कार्यकर्ताहरुले पार्टी अध्यक्षले सच्चाएर पछि दिएको टिकट नै आधिकारिक भएकाले एमालेको उम्मेदवार भट्टराई नै भएको दावी गरेका छन् । भट्टराई राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक थिए । डेढ वर्ष कार्यकाल छँदै राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका हुन् ।

    basu and khimlal.jpg

    सत्तारूढ गठबन्धनबाट भने क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यमा भरत कुमार शाहले उम्मेदवारी दर्ता गरेका छन्।

    प्रदेशसभा सदस्यमा भने गठबन्धनबाट क्षेत्र नं. ५ 'क' मा नेपाली कांग्रेसका विष्णु पोखरेलले उम्मेदवारी दिएका छन्। 'ख' मा भने नेपाली कांग्रेसकै फकरुद्दिन खानले उम्मेदवारी दिएका छन्। 

    माओवादीका विनोद पहाडीले पनि क्षेत्र नं. ५ 'क' मा उम्मेदवारी दिएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology