Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माधवकुमार नेपालले दर्ता गराए रौतहट–१ मा उम्मेदवारी

माधवकुमार नेपालले दर्ता गराए रौतहट–१ मा उम्मेदवारी

  • 1.6K
    SHARES

  • माधवकुमार नेपालले दर्ता गराए रौतहट–१ मा उम्मेदवारी

    रौतहट,असोज २३ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यका लागि रौतहट–१ बाट मनोनयन दर्ता गराएका छन्।  

    पूर्वप्रधानमन्त्री नेपालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर पुगेर सत्ता गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन्। 

    नेकपा एमालेबाट राजनीति गर्दै आएका नेपालले पहिलोपटक नयाँ पार्टीको अध्यक्ष हुँदै निर्वाचनमा होमिदैछन्। उनी मनोनयन दर्ता गर्न जुलुस, झण्डा केही पनि नलिइकन सीमित कार्यकर्ताका साथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

    यी पनि :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology