Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङ देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु

दाङ देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु

  • 1.6K
    SHARES

  • दाङ देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा  दुई जना सशस्त्र प्रहरीको मृत्यु

    दाङ,असोज २२।

    दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।

    बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।

    मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology