Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा जेसिजको सप्ताहब्यापी कार्यक्रम शुरु,अनाथ आश्रममा खाद्यान्न सहयोग

तिलोत्तमा जेसिजको सप्ताहब्यापी कार्यक्रम शुरु,अनाथ आश्रममा खाद्यान्न सहयोग

  • 2.9K
    SHARES

  • तिलोत्तमा जेसिजको सप्ताहब्यापी कार्यक्रम शुरु,अनाथ आश्रममा  खाद्यान्न सहयोग

    बुटवल,कार्तिक २३- 

    तिलोत्तमा जेसीज सप्ताह २०२० शनिबारदेखि शुरुभएको छ । सप्ताहब्यापी कार्यक्रमको शनिबार मणिग्राम स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण गरि औपचारिक समुद्घाटन गरिएको छ ।

    सप्ताहब्यापी कार्यक्रम अन्तरगत कोरोना सुरक्षा सामग्री, सरसफाई तथा वृक्षारोपण, अन्तरशाखा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितासहित मानसिक स्वस्थ्य विषयमा अन्तरक्रिया लगायत विविध सामाजिक कार्यक्रमका साथै मैत्रीपूर्ण खेलकुद गतिविधि आयोजना गरिने जेसीज वर्ष २०२० का अध्यक्ष जेसी लोक प्रसाद भण्डारीले बताए ।

    कार्यक्रम कार्तिक २८ सम्म चल्ने छ ।सिनेटर विनोद ढकाल, शाखाका सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जयप्रकाश भट्टराईले आश्रमका अध्यक्ष मैनादेवी भण्डारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

    आश्रमको आवश्यकता अनुसारका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जेसिज शाखाका महासचिव बासुदेव शर्माले बताए । यसैगरि जेसीज सप्ताह २०२० अन्तर्गत दोस्रो दिनको मंगलापुरस्थित ट्राफिक प्रहरी कार्यालयमा कोरोना विशेष स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

    तिलोत्तमा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नारायण न्यौपाने, जेसिजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, पूर्व अध्यक्ष एवं शाखा सल्लाहकार सिनेटर यादव भट्टराई, निवर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई, महासचिव जेसी वासुदेव शर्माले ट्राफिक प्रहरी कार्यालयका सई रुद्र बहादु्र फुँयाललाई खुट्टे सेनिटाईजर मेशिनसहित ११ लिटर सेनिटाईजर, ५ सय पिस सर्जिकल मास्क, १५ पिस फेस शिल्ड हस्तान्तरण गरेका थिए । 

    सप्ताहब्यापी कार्यक्रम संयोजनका लागि सन्दिप पौडेल, सपन पौडेल, दिलकुमारी उपाध्याय, प्रथम पराजुली, अरुण खनाल, प्रकाश गौतम, सन्तोष थापालाई जिम्मेवारी दिईएको जेसीज सप्ताहका मूल संयोजक विनित भट्टराईले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक २३ २०७७०७:२०:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology