Logo बुधवार, श्रावण १३ गते २०८३
images

म निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

म निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु : सन्दीप लामिछाने

  • 1.6K
    SHARES

  • म निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु  : सन्दीप लामिछाने

    काठमाडौं,असाेज २० ।

    बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिएको जानकारीअनुसार सन्दीपले लगातार आफू निर्दोष रहेको दाबी गरिरहेका छन् ।

    “उहाँले म निर्दोष छु भनेर लगातार भनिरहनुभएको छ,” गौशाला प्रहरी कार्यालयमा पुगेका कानुन व्यवसायी घिमिरले पत्रकारहरुसँग भने, “अनुसन्धानमा सहयोग गर्छु, कानुनी लडाइँ लड्छु भन्नुभएको छ ।”

    घिमिरेका अनुसार प्रहरी र आफूलाई सन्दीपले इमेल लेखेर आत्मसमर्पणका लागि तयार भएको बताएका थिए ।

    “सन्दीपजीले गौशाला प्रहरी वृत्तमा आत्मसमर्पण गरिहाल्नुभयो,” उनले भने, “म उहाँको कानुन व्यवसायी भएकाले मेरो उपस्थितिमा आत्मसमर्पण हुनुपर्‍यो भन्नुभएको थियो । म यहाँ आउँदा प्रहरी टोली आएको रहेछ । विमानस्थलमा सम्भव छैन भनेपछि म यहीँ बसेँ । उहाँलाई यहीँ ल्याइयो । मैले भेट्न खोज्दा एउटा निवेदन दिनुपर्छ भनियो । निवेदन बुझाउन लाग्दा अहिले मेडिकलको लागि लैजानुभएको छ ।”

    बलात्कार आरोपी सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology