Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुग्याे, कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुग्याे, कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 3.5K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुग्याे, कुन जिल्लामा कति संक्रमित थपिए ?

    बुटवल कार्तिक २३-

    नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

    कुन जिल्लामा कति संक्रमित ?

    पछिल्लो २४ घण्टामा मोरङमा १५५, चितवनमा १५२, दाङमा ९८, कास्की र नवलपरासी पूर्व ८४र८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९, बाँकेमा ६८, झापामा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै कैलालीमा २९, धनुषामा २७, तनहुँमा २२, सिन्धुपाल्चोकमा २१, काभ्रे र लमजुङमा १८र१८, मकवानपुरमा १७, सप्तरीमा १६, धादिङमा १५, दोलखा र सिन्धुलीमा १४, पाल्पा र बर्दियामा १३र१३ र कञ्चनपुरमा १२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

    उदयपुर, सिराहा, कपिलवस्तु, नलवपरासी र बझाङमा ९र९ जना, तेह्रथुम, गोरखा, पर्वत र अर्घाखाँचीमा ८/८ जना, बारा र सुर्खेतमा ७/७, पर्सा, स्याङ्जा र सल्यानमा ६/६ र इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पाँचथर, मुस्ताङ र रुकुम पश्चिममा ४/४ जना, ओखलढुंगा, भोजपुर, धनकुटा र संखुवासभा, बाग्लुङ, रोल्पा र डडेल्धुरामा ३/३ जना, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्युठान र दैलेखमा २/२ जना र ताप्लेजुङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा १/१ जना संक्रमित भेटिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology