Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा ७३ जनामा कोरोना भाइरस संक्रमण,बुटवलमा आजमात्रै थपिए ३२ संक्रमित

रुपन्देहीमा ७३ जनामा कोरोना भाइरस संक्रमण,बुटवलमा आजमात्रै थपिए ३२ संक्रमित

  • 3.4K
    SHARES

  • रुपन्देहीमा ७३ जनामा कोरोना भाइरस संक्रमण,बुटवलमा आजमात्रै थपिए ३२  संक्रमित

    बुटवल,भदौ १६  । 

    बुटवल उपमहानगरमा मंगलबार थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु मध्ये वडा नं १,९, र ५ का १ र १ जना, वडा नं ३ का १२ जना, वडा नं ६, ११ र १२ का ३ र ३ जना, वडा नं ८ का २ जना र वडा नखुलेका ६ जना रहेका छन् ।

    यो सँगै उपमहानगरमा कोरोना संक्रमितको कुल संख्या ३३४ पुगेको छ । बुटवल उपमहानगरपालिका, जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलमा हालसम्म २५२ जना सक्रिय संक्रमित रहेका छन् । उपमहानगरमा ८२ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाईसकेका छन् ।

    रुपन्देहीमा मंगलबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि :

    रुपन्देहीमा मंगलबार थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार ७४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले बताए । त्यस्तै जिल्लामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ ।

    त्यसै गरी कोरोना संक्रमणबाट ४३५ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६२९ जनाले उपचार गराइरहेका छन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology