बुटवल,असोज १६ ।
मैनादेवी फाउण्डेशन संघले बुटवलको बँदेलपोखरीदेखि नुवाकोटसम्मको बाटोमा सरसफाईको सुरुवात गरेको छ ।
‘ म बदलिन्छु अनि मेरो देश बदलिन्छ ’भन्ने संकल्प का साथ ‘मेरो देश स्वच्छ परिवेश’ परियोजना अन्तर्गत बुटवललाई स्वच्छ बनाउने अभियानको सुरुवात गर्नका लागी आज पहिलो चरणमा सरसफाईको सुरुवात गरिएको अभियन्ता केपी खनालले नागरिक अनलाइनलाई बताए ।
बुटवलबाट दैनिक रुपमा सयौँको संख्सयामा युवायुवतीहरु नुवाकोटसम्म गएर भ्यु टावरबाट बुटवलको दृश्यावलोकन गर्ने गरेका छन् । तर जानेबाटोमा फोहोर गर्ने क्रम बढेपछि बुटवलमा रहेका ड्याडिज किचेन, आइबेरी , अरनिको ईन्जिनियरिङ्ग , मुन्नेज सेलुन लगायतको साझेदारीमा अभियान सफल भएको युवा उद्यमी कमल जंग कुँवरले नागरिक अनलाइनलाई जानकारी दिए ।
उनी भन्छन्- ‘हरेक दिन हामीले सरसफाइ अभियान भन्दा पनि ,पर्यटकहरुले फोहोर नगरिदिने हो भने यो ठाउँ स्वच्छ रहने छ भन्नेमा विश्वस्त रहेका छौ ’।
फाउण्डेसनका अनुसार सो संस्थाले अहिले देशभरका मुख्य मुख्य शहरमा सरसफाइ तथा हरेक बिद्यालयमा वातावरण क्लव खोज्दै वातावरण सफाईमा आवाज उठाइराखेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)