Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा,प्रचण्डले गरे स्वागत

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा,प्रचण्डले गरे स्वागत

  • 1.4K
    SHARES

  • इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा,प्रचण्डले गरे स्वागत

    बुटवल,असोज १६ ।

    सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

    इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

    त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology