Logo बिहिवार, आश्विन १ गते २०८३
images

ड्राइभरटोलमा मोटरसाइकल दुर्घटना,एकजनाको मृत्यु

ड्राइभरटोलमा मोटरसाइकल दुर्घटना,एकजनाको मृत्यु

  • 25.1K
    SHARES

  • ड्राइभरटोलमा मोटरसाइकल दुर्घटना,एकजनाको मृत्यु

    बुटवल,असोज १५।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन् ।  ड्राइभरटोल नजिकै रातको करिब पौने ११ बजे मोटरसाइकल दुर्घटना हुँदा बुटवल सुख्खानगरका २३ वर्षीय सायमन मल्लको ज्यान गएको प्रहरीले जनाएको छ ।

    लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवातर्फ जाने क्रममा आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology