Logo बिहिवार, आश्विन १ गते २०८३
images

अपांगता भएका व्यक्तीहरुका लागि दुइ दिने मतदाता शिक्षा

अपांगता भएका व्यक्तीहरुका लागि दुइ दिने मतदाता शिक्षा

  • 1.8K
    SHARES

  • अपांगता भएका व्यक्तीहरुका लागि दुइ दिने मतदाता शिक्षा

    बुटवल,असोज १५।

    अपांगता भएका व्यक्तीहरुका लागि दुइ दिने  जिल्ला स्तरीय मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

    नेत्रहिन युवा संघ रुपन्देहीको आयोजना र आइएफइएस , युएसएआाइडीको अपांगताभएका व्यक्तीहरुका लागि पहुचयुक्त निर्वाचन परियोजना अन्तर्गत रुपन्देहीका विभिन्न अपांगता भएका २५ जना व्यक्तीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा मतदाता शिक्षा तथा राजनैतिक पहुचँ सन्दर्भमा दुइदिनसम्म विभिन्न विषयमाथि छलफल भएको थियो । 
    कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यलयका प्रमुख अयोध्या प्रसाद भण्डारीले अरुलाई जत्तिकै अपांगता भएका व्यक्तीहरुका लागि पनि मतदाता शिक्षा आवश्यक रहेछ भन्ने आयोगलाई अनुभुतिभएको बताउनुभयो ।

    आउदै गरेको निर्वाचनका लागि गरिने मतदाता शिक्षा कार्यक्रममा आयोगले अपांगता भएका व्यक्तीलाई समेट्ने प्रतिबद्धता जनाउनुभयो । 

    मतदाता शिक्षा र राजनैतिक सहभागीताका बारे भण्डारीले सहजीकरणगर्नुभएको थियो । कार्यक्रममा बोल्द नेत्रहिनयुवा संघकाअध्यक्ष टिकाराम पौडेलले राजनितिक सहभागीता सुनिश्चतताका लागि नेत्रहिनयुवा संघले दबाबमुलक कार्यक्रम गरिरहने भन्दै अपांगता भएका व्यक्तीमा मतदान गर्नुपर्छ भन्ने कुराको महसुुुस हुनथालेको बताउनुभयो ।
    परियोजनाका प्रमोटर सुस्मा हुमागाइ र इसराज भाट्टले पहुचयुक्त निर्वाचन , मतदान प्रक्रिया , मिथ्या सुचना ,दुसप्रचार ,सामाजिक सञ्जालको प्रयोग लगाएतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    परियोजनाका फिल्ड अधिकृत लक्ष्मी पाण्डेले २५ जना अपांगता भएका व्यक्तीले एक व्यक्ती १५ जनाअपांगता भएका व्यक्तीलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

    परियोजनाले गएको स्थानिय निर्वाचनमा पनि अपांगता भएका व्यक्तीलाई निर्वाचनमा पहुच पुर्याउन विभिन्न कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology