Logo बिहिवार, आश्विन १ गते २०८३
images

विवेकशील सहकारीको १५ औँ बार्षिक साधारणसभा

विवेकशील सहकारीको १५ औँ बार्षिक साधारणसभा

  • 1.6K
    SHARES

  • विवेकशील सहकारीको १५ औँ बार्षिक साधारणसभा

    बुटवल,असोज १४ ।

    विवेकशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल१३ बेलबासको १५ औे बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष पूर्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ,बुटवल १३ का वडाध्यक्ष नारायण पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै पुनले सहकारीलाई नियमसंगत बनाउनुपर्ने बताउनुभयो,उहाले सामाजिक उत्तरदायित्व बहन गर्न समेत आग्रह गर्नुभयो ।

    सो अबसरमा बुटवल उपमहानगरपालिकाका सहकारी तथा रोजगार शाखाका गुणाखर खनालले सहकारीले उत्पादनमुलक क्षेत्रमा रहेर काम गर्नुपर्ने बताउनुभयो। सहकारी ऐनले सहकारी मर्जर गर्ने भनेको भन्दै उहाले रूपन्देहीमा १ हजार र बुटवलमा करिब १ सय सहकारी संस्था रहेको बताउनुभयो । सो अबसरमा उत्कृष्ट कर्मचारी,सल्लाहकार,शेयर सदस्य,सरूवा भएका कर्मचारीलाई समेत सम्मान गरिएको छ ।

    सो अवसरमा जनप्रतिनिधि  लालबहादुर गुरूङ,उपाध्यक्ष मधुकला कुवर,सचिव भरतराज गौतम, कोषाध्यक्ष टंकप्रसाद पराजुली लगायतले बोलेका थिए । सो अवसरमा अध्यक्ष,कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको ब्यबस्थापक सीता पन्थी आचार्यले बताउनुभयो । ९८९ सेयर सदस्य संख्या रहेको सहकारीकोे शेयर पुजी २ करोड र सहकारीले ११ करोडको कारोबार गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology