Logo बिहिवार, आश्विन १ गते २०८३
images

आजबाट निर्वाचन आचारसंहिता लागू,के गर्ने के नगर्ने ?

आजबाट निर्वाचन आचारसंहिता लागू,के गर्ने के नगर्ने ?

  • 2.4K
    SHARES

  • आजबाट निर्वाचन आचारसंहिता लागू,के गर्ने के नगर्ने ?

    बुटवल,असाेज १२ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ।

    मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको हो। निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ। 

    आयोगले सबै राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७९ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको छ।

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

    निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने उल्लेख गर्दै आयोगले उनीहरुमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताएको हो। 

    राजनीतिक दल र उम्मेदवारले गर्न हुने/नहुने
    • स्थानीय प्रशासनको अनुमतिमा मात्रै भेला, जुलुस गर्न पाउने, प्रचारप्रसारमा निर्वाचन चिह्न अङ्कित पहिरन लगाउन नपाउने।

    • निजी घर वा सार्वजनिक स्थल, पोलमा उम्मेदवारको निर्वाचन चिह्न राख्न नपाउने

    • संघसंस्थालाई अनुदान दिन नहुने। प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने

    • सवारीसाधन प्रयोग गरी प्रचारप्रचार गर्न नहुने दल वा उम्मेदवारको आधिकारिक वेबपेजबाहेकका माध्यमबाट प्रचार गर्न नपाउने, दल वा उम्मेदवारले अनुमति लिएको सवारीबाट मतदाता ओसार्न नपाउने।

    • बिहान ७ देखि साँझ ७ बजेभित्र प्रशासनको अनुमति लिएर चुनावी प्रचारप्रसार गर्नुपर्ने। निजी टेलिभिजनबाट एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक मात्रै प्रचार गर्न पाउने।

    • मनोनयन दर्ताअघि नै बहाल पदबाट राजीनामा दिनुपर्ने।

    • उम्मेदवारी दिँदा खर्चको अनुमानित रकम बुझाउनुपर्ने।

    • उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने।

    • स्थानीय पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा प्रचार गर्न नपाउने, मतदान हुनुभन्दा ४८ घण्टाअघि प्रचारप्रसार रोक्नुपर्ने।

    आयोगले दिएको ६० बुँदे निर्देशनःa.jpg2.jpg3.jpg4.jpg5.jpg

    6.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology