Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्युतीय सवारी तत्काल सचांलनमा ल्याउन लुम्बिनी विकास कोषलाई गृहमन्त्री खाँणको निर्देशन

विद्युतीय सवारी तत्काल सचांलनमा ल्याउन लुम्बिनी विकास कोषलाई गृहमन्त्री खाँणको निर्देशन

  • 1.4K
    SHARES

  • विद्युतीय सवारी तत्काल सचांलनमा ल्याउन लुम्बिनी विकास कोषलाई गृहमन्त्री खाँणको  निर्देशन

    बुटवल,असाेज ११।

    गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाकालागी एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सचांलनमा ल्याउन कोषलाई निर्देशन दिनुुभएको छ । ४३औँ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले कोषले सचांलन गर्न नसक्ने भए सक्दीन भन्नुु पर्ने अन्यथा अविलम्ब सचांलन गर्न निर्देशन दिनुुभएको हो ।

    त्यसबारे आफुलाई स्पष्ट पार्न पनि उहाँले सरोकारवालाहरुलाई आग्रह गर्नुुभएको छ । उहाँले कोष, पर्यटन ब्यबसायी, उद्योगी ब्यबसायी तथा सरोकारवालाहरुसगं विद्युुतीय बस सचांलनमा देखीएका समस्या र समाधानका उपायबारे समन्यात्मक बैठक राखेर सचंलनमा कुनै कठीनाई भएमा सोको जानकारी २४ घण्टा भित्र आफुलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधीकारीलाई समेत निर्देसन दिनुुभएको छ ।

    उहाँले पर्यटकलाई अधिकतम सेवा, सत्कार गर्नुु पर्नेमा जोड दिदै सुरक्षामा कुनै कमी आउन नदीने बताउनुुभयो । १२ करोडका ५ बस र १४ भ्यान (ट्याक्सी) एडिबीले तिन बर्ष अघी दिएको थियो ।

    अहीले सवै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै दुुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाईए पनि बस सचांलन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लाण्टबाट ५४ लाख मूल्यको विद्युत समेत खेर गइरहेको छ ।

    गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology