Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानव सहायता समूहद्वारा काभ्रेका पहरीलाई उपचारको लागि ८० हजार आर्थिक सहयोग

मानव सहायता समूहद्वारा काभ्रेका पहरीलाई उपचारको लागि ८० हजार आर्थिक सहयोग

  • 1.6K
    SHARES

  • मानव सहायता समूहद्वारा काभ्रेका पहरीलाई उपचारको लागि ८० हजार आर्थिक सहयोग

    बुटवल,असाेज ११ ।

    मानव सहायता समूह नेपाल (एच एस जी)ले ललितपुर नखुटोलस्थित अनाथ बालबालिका संघमा रहेका बालबालिकालाई भोजन खुवाउनुका साथै काभ्रेका बिरामीलाइ आर्थिक सहयोग प्रदान गरेको छ ।

    काभ्रे पाँचखाल वडा नं. ९ निवासी २५ बर्षियका मुटु, मृगौला, फोक्सोको रोगबाट ग्रसित मनोजकुमार पहरीलाई उपचारको लागि ८० हजारको चेक हस्तान्तरण गरेको हो ।टिकटकको माध्यमबाट देशविदेशमा रहने विभिन्न सहयोगी हातबाट सो रकम संकलन गरेर सहयोग गरिएको मानव सहायता समूह नेपालका अध्यक्ष टीका तिमिल्सीनाले बताउनुभयो ।

    सो अबसरमा अध्यक्ष टीकाप्रसाद तिमिल्सिना, उपाध्यक्ष सुरेश लामा, सचिव जानकी केसी, कोषाध्यक्ष एका कुमारी तिमिल्सिना, ज्ञान सिलवाल, सावित्री न्याौपाने, सम्झना तामा, अनाथ बालबालिका संघका अध्यक्ष रीता राई लगायतका सहभागीता रहेको थियो ।

    तिमिल्सिनाले विगत तीनवर्षदेखि देशका विभिन्न भागमा पुगेर विविध संस्थाहरुमा छरिएर रहेका अनाथ बालबालिका, वृद्धवृद्धालाई स्वास्थ्य, शिक्षा र पालन पोषणमा सहयोग गरिरहेको कुरा बताउनुभयो ।

    मोरङको विराटनगरस्थित मदन ओझाको जन्मदिनको उपल्यक्षमामा बालबच्चालाई भोजन गराउन उहाको छोरी दिव्या ओझामार्फत् संस्थाका अध्यक्ष श्रीमती रिता राईलाई १० हजार नगद हस्तान्तरण गर्नुभयो ।

    सडकमा वेवारिसे रहेका विपन्न, अनाथ गरिब, बालबालिकालाई मानव सहायता समूह नेपालले आर्थिक सहयोग गर्खै आएको छ ।सो अभियानमा देश तथा बिदेशबाट जोडिएर रकम दिने सबैलाइ धन्यबाद समेत दिइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology