Logo बिहिवार, आश्विन १ गते २०८३
images

छत्रकोट गाउँपालिका : डेंगु,सुगर,स्क्रब टाइफस र मलेरियाको नि:शुल्क परिक्षण  सुरु

छत्रकोट गाउँपालिका : डेंगु,सुगर,स्क्रब टाइफस र मलेरियाको नि:शुल्क परिक्षण  सुरु

  • 2.6K
    SHARES

  • छत्रकोट गाउँपालिका : डेंगु,सुगर,स्क्रब टाइफस र मलेरियाको नि:शुल्क परिक्षण  सुरु

    हरि सुबेदी र अमर पन्थ/ गुल्मी,असाेज ११।

    गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार  निशुल्क परिक्षण सेवा सुरु गरिएको हो।

    डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर  पोख्रेलले जानकारी दिए। यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  वीर बाहादुर पुनले गाउँपालिका भित्र सिटामोल र किटको अभाव नभएको जानकारी दिएका छन् ।

    पछिल्लो समय देशभरि नै  डेंगूका बिरामी  बढेका छन् भने किट र सिटामोलको अभाव देखिएको छ । यस्तो महामारीको बेला अस्पतालहरुले परीक्षणको नाममा आफू खुसी शुल्क लिएको तर केन्द्रीय सरकार  भने  निरीह बनेको भन्दै चौतर्फी आलोचना हुने गरेकोमा गुल्मीको  छत्रकोट गाउँपालिकाले  भने जनतालाई महसुस हुने गरी काम गरेको देख्न सकिन्छ  ।  केही समय पहिला गाउँपालिकाले डेंगू नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम समेत गरेको थियो,छत्रकोटको  यो कामलाई  सबैले प्रशंसा गरेका छन्।

    स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् । डेंगु, स्क्रब टाइफस र मलेरियाको निशुल्क  परीक्षण मात्रै होइन उनले केहीदिन देखि सुगर परीक्षण समेत निःशुल्क गराएका छन् । सरल स्वभावका पाण्डेय एकपछि अर्को जनमुखी  कामले जनतामाझ  लोकप्रिय बन्दै गइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology