Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल ३ गोलपार्कस्थित तिनाउ नदीमा पहिलोपटक सन्ध्याकालिन आरती-LIVE

बुटवल ३ गोलपार्कस्थित तिनाउ नदीमा पहिलोपटक सन्ध्याकालिन आरती-LIVE

  • 3.5K
    SHARES

  • बुटवल ३ गोलपार्कस्थित तिनाउ नदीमा पहिलोपटक सन्ध्याकालिन आरती-LIVE

    बुटवल,असोज १०।

    बुटवल ३ गोलपार्कस्थित तिनाउ नदी (तिलाेत्तमा ) किनारमा पहिलोपटक सन्ध्याकालिन आरती भएको छ । दुर्गा मन्दिरको पश्चिममा रहेको संरचनामा सन्ध्याकालिन आरती गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि एमाले उपाध्यक्ष नेता तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले सो आरती पूजाको शुभारम्भ गर्नुभयो । सो अबसरमा बोल्दै नेता पौडेलले बुटवलमा यसप्रकारको आरती गर्नका लागि संरचना बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

    ४३औँ विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा यो कार्यक्रम गरिएको आयोजक संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एनेन्ट नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।

    शंखध्वनीका साथ आरती  र स्तोत्र पाठसहित सुगन्धित धुप बालेर ३ जना पण्डितले बिधिपूर्वक ४५ मिनेटसम्म आरती पूजा गर्नुभएको हो ।  नजिकैको जितगढी,फूलबारी, हिलपार्क आउने पर्यटकलाई लक्षित गरि आरती गरिएको हो । आरतीलाइ दैनिक गर्नेगरि निरन्तरता दिनका लागि आफूहरुले सक्दो गर्ने बुटवल ३ का वडाध्यक्ष बिष्णु ढकालले बताउनुभयो ।

    कोरोनाले थला परेको पर्यटन उद्योगलाई कसरी चलायमान बनाउन र सिमावर्ती भारतीय पर्यटकहरुलाई यहाको धार्मिक, साँस्कृतिक ऐतिहासिक शहरको रुपमा स्थापित गर्न सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रम संयोजक  गणेश भट्टराईले नागरिक अनलाइनलाइ बताउनुभयो।

    बुटवलमा धार्मिक तथा सास्कृतिक पर्यटनमा नयाँ आयाम थपिने र छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने अनुमान गरिएको छ । 

    आरतीका लागि अहिलेकै स्थान उपर्युक्त हुने युवा ज्याेतिष जनार्दन न्याैपानेको भनाइ छ ।

    tinau btl.jpg

    butwal.jpg


    art.jpg

    bishnu.jpg

    aratii.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology