बुटवल,असाेज ९ ।
पत्रकार बिनोद परियार लुम्बिनी विकास कोषको प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त भएका छन् । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले परियारलाइ प्रेस कन्सल्ट्यान्ट पदमा नियुक्त गरेको हो ।
डेढ दशकदेखि रूपन्देहीको पत्रकारितामा सक्रिय परियार नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव हुन् भने उनी राज्य टेलिभिजन,नेपालसमय तथा रेडियो जागरणमा आबद्ध छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)