Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति संक्रमित तथ्यांक सहित

२४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति संक्रमित तथ्यांक सहित

  • 3.7K
    SHARES

  • २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण,कुन जिल्लामा कति संक्रमित तथ्यांक सहित

    बुटवल,कार्त्तिक २२ ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

    पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    हाल देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख २७ हजार ७ सयभन्दा बढीको पिसिआर परीक्षण भएको छ। 

    २४ घण्टामा कहाँ कति भेटिए कोरोना संक्रमित ?

     नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजपुरमा ३, मोरङमा २ सय ४५, संखुवासभामा ३,सुनसरीमा १३३ र  सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।  

    प्रदेश २ को धुनषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, र सिरहामा १४ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवा ४, रामेछापमा ४, ललितपुरमा १ सय ४१, सुन्धुपाल्चोकमा १२ र  सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा ११ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ। 

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा २२ रुपन्देहीमा ८५ र रोल्पामा १६ जनामा कोरोना पाइएको छ। 

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ , जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३, र  सुर्खेतमा १, र हुम्लामा १ जनामा कोरोना पुष्टि भएको छ।  सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १, बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology