बुटवल,असोज ९।
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची बुझाएको छ । कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ ।
त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।
संस्थापन इतर पक्षबाट डा.चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।
शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन ।बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा शेखर कोइराला पक्ष रुष्ट छ ।
समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।
अम्बिका बस्नेत, प्रतिमा गौतम, सरस्वति अर्याल तिवारी, कान्तिका सैजुवाल, सरस्वती बजीमय, रमा कोइराला पौडेल, लिमा बोख्रिम, समिता खड्की, मिनाकुमारी लामा, सरु लामा, अन्जनी श्रेष्ठको नाम बन्दसूचीमा परेको छ ।
यस्तै सिता कुमारी राना, मधु जवेगु, गोपालमान श्रेष्ठ, तिर्थकुमारी गुरुङ, लाल कुमारी राना, मनोरमा शेरचन, सरस्वति गुरुङ, रेनका काउचा मगर, सपना राजभण्डारी जोशी, गंगा अवाल, मोहन राई, मदनकृष्ण श्रेष्ठ, टेकप्रसाद गुरुङ लगायतको नाम परेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)