Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘सबैजना उम्मेदवार सम्भवै छैन, त्याग गर्न पनि सिक्नुपर्छ ’ : गृहमन्त्री खाँण

‘सबैजना उम्मेदवार सम्भवै छैन, त्याग गर्न पनि सिक्नुपर्छ ’ : गृहमन्त्री खाँण

  • 2.0K
    SHARES

  • ‘सबैजना उम्मेदवार सम्भवै छैन, त्याग गर्न पनि सिक्नुपर्छ ’ : गृहमन्त्री खाँण

    बुटवल,असाेज ८ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने बताएका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार हुन तीव्र प्रतिस्पर्धा भइरहेकाले राजनीति गर्नेहरुले त्याग गर्न सिक्नुपर्ने बताएका हुन् । 

    सत्ता गठबन्धनमा रहेका सबै दलमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको भन्दै उनले सबैजना उम्मेदवार हुन सम्भव नभएको बताए । पार्टीका सबै सदस्यहरू उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न उनले आग्रहसमेत गरे । ‘सबैजना उम्मेदवार भएर सम्भवै छैन’, गृहमन्त्री खाँणले भने, ‘त्यसैले राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्छ ।’

    गृहमन्त्री खाँणले अहिलेको अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नपर्ने भन्दै मुलुक र विचारका लागि एक कदम पछाडि हट्न पनि सिक्नुपर्ने बताए । ‘नयाँ जनादेशले नयाँ राजनीतिक उचाइ चुम्नुपर्नेछ’, उनले भने, ‘त्यसैले कहिलेकाहीँ मुलुक र विचारका लागि पनि एक कदम पछाडि हट्न सक्नुपर्छ । यो कुरा बुद्धबाट सिक्नुपर्छ ।’

    गृहमन्त्री खाँणले बुद्ध गुम्बालाई बुद्धस्थलसँग जोडेर अधिक पर्यटक भित्र्याउनुपर्ने भन्दै यसबाट पर्यटन प्रवर्द्धन हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका पर्यटकीय स्थलको प्रवर्धनमा सरकार गम्भीर रहेको बताए ।

    लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको ५ लाख र अन्य दाताबाट गरी ३० लाख रुपैयाँको लागतमा भैरहवामा शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology