बुटवल,असाेज ८ ।
शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।
कमजोरी र खाना अरुची भएपछि अस्वस्थ जोशी हिजो अस्पताल भर्ना हुनुभएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँको स्वास्थ्य परीक्षणपछि डेङ्गी भएको पुष्टि भएको छ ।
यसैबीच सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीलाई भेटेर स्वास्थ्यलाभको कामना गरी नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत हुनुभएको छ । विसं १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसक्नुभएको छ ।
![kist ].jpg](https://nagarikonline.com/media-file/images/2022/09/1663988983-XuwC2.jpg)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)