Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलाेत्तमाको समग्र बिकासका लागि कर्मचारी-जनप्रतिनिधी मिलेर अगाडी बढाैँ’ : नगर प्रमुख खाँण

तिलाेत्तमाको समग्र बिकासका लागि कर्मचारी-जनप्रतिनिधी मिलेर अगाडी बढाैँ’ : नगर प्रमुख खाँण

  • 2.1K
    SHARES

  • तिलाेत्तमाको समग्र बिकासका लागि कर्मचारी-जनप्रतिनिधी मिलेर अगाडी बढाैँ’ : नगर प्रमुख खाँण

    बुटवल,असाेज ७ ।

    तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष ०७८-०७९ को नीति,योजना तथा कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम गरेको छ ।

    कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, नगरसभा सदस्यहरू, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरूबाट प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो ।

    सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको समग्र बिकासका लागि कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो।  उहाँले एक सिक्काका दुईपाटा बनेका कर्मचारी र जनप्रतिनिधिले जनताको सेवकको रुपमा छिटो छरितो, बिश्वशानिया तरिकाले समयमै कार्य सम्पादन गरेमा मात्र जनप्रतिनिधीको चाहना र देशको समृद्धिको खुड्किलो पुराहुने कुरा बताउनुभयो।

    सोहि कार्यक्रममा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले कर्मचारीले कुनै पनि बिलम्ब नगरी जनताको सेवामा कुनै कसर बाँकी नराखी छिटो छरितो र स्तरिय सेवा दिन र हरेक योजना र बिकास निर्माणका कार्य सम्पादन समयमै गर्नु पर्ने जिकिर  गर्नुभयो।  उहाँले जनप्रतिनिधी एक्लै र कर्मचारी एक्लैले मात्र चाहेर कुनै पनि काम अगाडी नबढ्ने हुँदा सबैको सल्लाह सुझाव र अग्रसरतामा निश्चित समयमै कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। 

    सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरको समृद्धिका लागी सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।  उहाँले नगरका  हरेक गतिबिधि  लाई  बिकाससंग जोड्नुपर्ने उल्लेख गर्दै  जनप्रतिनिधि र कर्मचारी नंग र मासु भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो।

    जनप्रतिनिधि , कर्मचारी , पत्रकारलगायतको प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कार्यालयको समग्र आय व्यय र योजना तथा बिकास निर्माण र सेवा प्रबाहको अबस्थाबारे बिश्लेषण गरेका थिए। नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत माधव प्रसाद पोखरेलले गरेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology