Logo बिहिवार, आश्विन १ गते २०८३
images

कलाकार राजु महोत्रा घरमै झुण्डिएको अवस्थामा मृत फेला

कलाकार राजु महोत्रा घरमै झुण्डिएको अवस्थामा मृत फेला

  • 10.9K
    SHARES

  • कलाकार राजु महोत्रा घरमै झुण्डिएको अवस्थामा मृत फेला

    बुटवल,असाेज ७ ।

    बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    ३ दर्जन म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    ३५ वर्षीय महोत्रा बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । 

    महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल राखिएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनका २ छाेरा छन् ।महोत्राकी श्रीमती मिरा महोत्रा पनि म्युजिक भिडियोमा अभिनय गर्छिन् ।

    महोत्रा कलाकारितासँगै निर्माण व्यवसायी समेत हुन् । उनले चारदिन अघिमात्रै ए मुना नामक म्युजिक भिडियाे सार्वजनिक गरेका थिए ।

    हेराैँ उनको अन्तिम भिडियाे :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology