Logo बिहिवार, आश्विन १ गते २०८३
images

अभिनेता पल शाहको मुद्दाको सुनुवाइअसोज २६ मा

अभिनेता पल शाहको मुद्दाको सुनुवाइअसोज २६ मा

  • 1.4K
    SHARES

  • अभिनेता पल शाहको मुद्दाको सुनुवाइअसोज २६ मा

    तनहुँ,असोज ७ ।

    अभिनेता पल शाहको मुद्दा सुनुवाइको मिति असाेज २६ गतेलाइ तोकिएको छ । 

    नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर तनहुँ कारागारमा थुनामा रहेका अभिनेता शाहको मुद्दाको सुनुवाइ असोज २ गते हुने भनिएको थियो । न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना बिदामा भएकोले सो दिन पनि स्थगित भएको थियो।

    असोज २६ मा मुद्दाको पेशी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो। 

    यसअघि १५ भदौमा सुनुवाइ हुने भनिएको थियो। तर न्यायाधीश दलबहादुर केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको अदालतले जनाएको छ। चिट्ठा थुत्ने क्रममा बिदामा रहेका न्यायाधीशको नाम परेपछि यसअघि भदौ १५ र असोज २ गतेको सुनुवाइ स्थगित भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । 

    कलाकार शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो। तर नवलपुरले उहाँलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन ७ २०७९०२:४३:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology