Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा कोरोनाबाट मृत्युहुनेकाे संख्या १८ पुग्याे,शनिबार बिहान ५९ बर्षीय पुरुषको मृत्यु

दाङमा कोरोनाबाट मृत्युहुनेकाे संख्या १८ पुग्याे,शनिबार बिहान ५९ बर्षीय पुरुषको मृत्यु

  • 2.8K
    SHARES

  • दाङमा कोरोनाबाट मृत्युहुनेकाे संख्या १८ पुग्याे,शनिबार बिहान ५९ बर्षीय पुरुषको मृत्यु

    दाङ, कार्त्तिक २२ ।

    दाङमा  कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।  

    घोराहीका ५९ बर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपलागञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।

    संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार विहान ५ बजेर २५ विरामीको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

    यो सहित बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको श्रेष्ठले बताए । त्यसमध्ये २८ जना बाहिरी जिल्लावाट उपचारका लागि बाँके लगिएकाहरु छन् भने अन्य ३५ जना  बाँके जिल्लाका हुन ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology