Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण

प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण

  • 1.3K
    SHARES

  • प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण

    बुटवल,असाेज ६ ।

    प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा ११ वटा अधिवेशनमा जम्मा ३६२ वटा बैठक बसेको छ। ती बैठकहरुबाट १ सय २ वटा विधेयक परित भएको संसद सचिवालयले जनाएको छ। 

    प्रतिनिधिसभाबाट पारित भएका १०२ विधेयकमध्ये ९७ वटा विधेयक प्रमाणीकरण भइसकेको छ। जसमध्ये नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी छिन्। 

    अन्य ४ वटा विधेयक अझै प्रमाणीकरण हुन बाँकी रहेको संसद सचिवालयले जनाएको छ। बुधबार ९असोज ५०मा ३ वटा यसअघि पारित भएको कारागार विधेयक गरी ४ वटा विधेयक पारित हुन बाँकी रहेका हुन्।

    प्रतिनिधि सभाको प्रथम अधिवेशन २०७४ फागुन २१ गते बसेर २०७४ चैत्र २२ गते अन्त्य भएको थियो। पहिलो अधिवेशनमा जम्मा ११ बैठक बसेको थियो। यो अधिवेशनमा कुनै पनि विधेयक पारित नभएको संसद सचिवालयले जानकारी दिएको छ। 

    २०७५ वैशाख २३ गते सुरु भइ २०७५ असोज ११ गते सकिएको दोस्रो अधिवेशनमा ७९ वटा बैठक बसेको थियो। सो अधिवेशनमा २३ वटा विधेयक पारित भएको संसद सचिवालयले जानकारी दिएको छ। तेस्रो अधिवेशन २०७५ पुस १५ मा सुरु भएर २०७५ चैत १० मा ४६ बैठक बसेर सकिएको थियो। तेसा्रे अधिवेशनमा १४ विधेयक पारित भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology