बुटवल,असाेज ६ ।
हेल्थ डेक्स कमिटी सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले मुटु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । समितीको आयोजनामा सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुटु रोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको हेल्थ डेक्स समितिका संयोजक ताराप्रसाद ज्ञवालीले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर समीर गौतमले गर्नुभएको थियो। सो अवसरमा नेपाल हृदय रोग निवारण केन्द्र ,रुपन्देही शाखाको प्राबिधिक सहयोग रहेको थियो ।
क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाइ मुटुराेगबारेमा जानकारी गराइएको हाे । हेल्थ डेक्स समितिका संयोजक ज्ञवालीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन टिकाराम घिमिरेले गर्नुभएको थियो ।
सो अवसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल, हृदय रोग निवारण केन्द्रका बरिष्ठ उपाध्यक्ष बोनिन पिया,महासचिव नरेश श्रेष्ठ लगायतले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)