Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचन आयोगले ७७ वटै जिल्लामा नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत

निर्वाचन आयोगले ७७ वटै जिल्लामा नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत

  • 1.1K
    SHARES

  • निर्वाचन आयोगले ७७ वटै जिल्लामा नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत

    बुटवल,असाेज ५ ।

    निर्वाचन आयोगले ७७ जिल्लामा जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको छ। 

    न्याय परिषद्‌को सिफारिसानुसार असोज ११ गते देखि लागू हुने गरी ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ। 

    त्यस्तै, बांकी ८८ वटा निर्वाचन क्षेत्रमा भने नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव सरहका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology