Logo बिहिवार, श्रावण १४ गते २०८३
images

शान्ति दिवसको सन्देश : युद्ध निषेध : शान्ति विशेष !

शान्ति दिवसको सन्देश : युद्ध निषेध : शान्ति विशेष !

  • 1.9K
    SHARES

  • शान्ति दिवसको सन्देश : युद्ध निषेध : शान्ति विशेष !

    बुटवल,असाेज ५ ।

    ४१ औँ अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ ।

    रुसलाई युक्रेन माथि तत्काल युद्ध रोक्न आग्रहसहित युद्ध निशेध,शान्ति बिशेष,रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर,शान्ति दिवसको सन्देश: युद्ध निषेध: शान्ति विशेष,रुस: युद्ध रोक, शान्ति प्रवद्र्धन गर,रुस : युक्रेनमाथि आक्रमण बन्द गर,रुस: युक्रेनबाट तत्काल सैनिक फिर्ता गरि युद्ध अन्त्य गर,लगायतका बिभिन्न प्ले कार्डसहित बुटवलको राजमार्ग चौराहामा आधाघण्टा प्रदर्शन गरिएको हो ।

    सो अबसरमा बोल्दै समाजका केन्द्रिय सचिव मिना ढकालले हिंसाको भबिश्य नरहेको भन्दै शान्ति कायम गर्न आज देशभर प्रदर्शन गरिएको बताउनुभयो । सो अबसरमा बोल्दै समाज रुपन्देहीका निबर्तमान सभापति डिपि खनालले द्वन्द्वरहित समाज बनाउनुपर्ने बताउनुभयो । समाजका सभापति खिमप्रसाद भट्टराइ कृष्णले शान्ति समाज सधै शान्तिको पक्षमा लागिरहने उल्लेख गर्नुभयो ।

    समाजका रुपन्देही उपसभापति कपिल ज्ञवालीले विश्वमा शान्ति फैलाउन शान्तिभूमि रुपन्देहीबाट दबाबमूलक कार्यक्रम गरिएको बताउनुभयो ।

    समाजका जिल्ला सभापति भट्टराइको अध्यक्षता तथा शाखा सचिब कृष्ण पाण्डेको संचालनमा कार्यक्रमम भएको हो । सो कार्यक्रममा शान्ति समाजका पदाधिकारी,सदस्य ,पत्रकार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।santi samaj rupandehi  (1).jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology