Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमाका २ सय ७० किसानले पाए धानबालीको क्षतिपूर्ति रकम

तिलोत्तमाका २ सय ७० किसानले पाए धानबालीको क्षतिपूर्ति रकम

  • 2.0K
    SHARES

  • तिलोत्तमाका २ सय ७० किसानले पाए धानबालीको क्षतिपूर्ति रकम

    बुटवल,असोज ४ । 

    बेमौसमी वर्षाले धानबालीमा क्षती भोगेका किसानले क्षतिपूर्ति रकम पाएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाइ क्षतिपूर्ति वितरण गरेको हो ।  

    गत वर्ष धान भित्राउने बेलामा आएको बेमैसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले मंगलबार क्षतिपूर्ति रकम पाएका छन् । राहत रकम स्वरुप पीडित किसानहरुलाई ८ लाख ९६ हजार ७४१ रुपैँया रकम वितरण गरिएको छ । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका हुन् ।
    सो कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले किसानहरुका समस्यालाई हल समाधान गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    धानबालि भित्राउने बेलामा वर्षाका कारण धान बालिमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ताको वाफतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।

    साथै नगरप्रमुख खाँण यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबालि सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताउनुभयो ।

    किसानहरूले लगाएको बालि पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बालि शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालिमा क्षति भएको छ सो विवरण संकलन गर्नका लागि समिति गठन गर्ने तयारी भएको बताउनुभयो ।

    नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले बाली डुबानमा परेका २७० जना किसानलाई स्थानीय तहबाट प्रमाणीकरणभएर अनुसार नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

    स्थानीय तहले प्रमाणीकरण गरेका आधारमा किसानले रकम पाएका हुन् । नगरपालिकाले निम्म ,मध्यम र उच्च गरि तिन तहमा  क्षतिग्रस्त भएको तह छुट्टयाई रकम वितरण गरेको कार्यकारी प्रमुख नारायण अर्यालले बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology