Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति नमुनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा २७ समूहकोसहभागीता

शान्ति नमुनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा २७ समूहकोसहभागीता

  • 1.6K
    SHARES

  • शान्ति नमुनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगितामा २७ समूहकोसहभागीता

    बुटवल,असाेज ४ ।

    रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवले आयोजना गरेको जिल्ला स्तरीय फुटवल प्रतियोगितामा आज सोमबार ९ वटा खेल भएका छन् ।

    रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारी बीच आयोजित प्रतियोगितामा आज भएको पहिलो खेलमा जनभावना मा. वि. लाई हराउदै लुम्बिनी सिटी कलेज बिजयी भएको छ । जनभावनालाई  ८–१ को गोल अन्तरले हराउदै लुम्बिनी सिटी अघिल्लो चरणमा प्रवेश गरेको हो ।  त्यस्तै दोस्रो खेलमा स्कलर्स होम बोर्डिङले देवदह मा.वि. को समूहलाई ३–२ गोल अन्तरमा हराएको छ । त्यस्तै तेस्रो खेलमा मदरल्यान्ड बोर्डिङले होराइजन जि.वि.एस.लाई १–० गोल अन्तरमा हराउदै अघिल्लो चरणमा प्रवेश गरेको छ । 
    यस्तै चौथो खेलमा सरस्वती मा.वि. अनुपस्थित भएपछि शिवपुर मा.वि. वाक ओभर मार्फत अघिल्लो चरणमा पुगेको छ भने पाचौं खेलमा जनता मा.वि.ले शान्ति नमुना समुह ‘ए’ लाई ट्राई ब्रेकरमा २–१ को गोल अन्तरले हराएको छ । उता छैठौ खेलमा सिद्धार्थ इङगलिस बोर्डिङलाई ट्राइ  ब्रेकरमा ४–३ को गोल अन्तरले हराउदै देवदह इङगलिस बोर्डिङ अघिल्लो चरण प्रवेश गर्न सफल भएको छ । 
    त्यसैगरी सातौं खेलमा पामिर एकेडेमीले लिटल प्याराडाइजलाई ४–० को गोल अन्तरले हराएको छ भने आठौ खेलमा न्यू होराइजनले देवदह मदर टङ्सलाई ४–१ को गोल अन्तरले हराएको छ । आजको अन्तिम खेलमा अक्सफोर्डले सेन्ट जासेफलाई १–० ले हराउन सफल भएको खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

    प्रतियोगिता अन्तरगत मंगलबारदेखि दोस्रो चरणका खेलहरु हुने छन् । दोस्रो चरणको पहिलो खेलमा पर्ल इन्टरनेशनल एकेडेमी बिरुद्ध ज्ञानगंगा पाठशाला उत्रिने छ भने दोस्रो खेलमा मदरल्यान्ड एकेडेमी बिरुद्ध शान्ति नमुनाको समुह आमने सामने हुने शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी. ले बताउनुभयो । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका हुन् । 

    प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology