Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल सरकारले थाल्याे कोभिड–१९को खोप खरिद प्रक्रियाका लागि पहल

नेपाल सरकारले थाल्याे कोभिड–१९को खोप खरिद प्रक्रियाका लागि पहल

  • 2.2K
    SHARES

  • नेपाल सरकारले थाल्याे कोभिड–१९को खोप खरिद प्रक्रियाका लागि पहल

    काठमाडौं कात्तिक २२ –

    नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

    परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भने ।

    अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले थपे ।

    उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए ।

    गोरखापत्र दैनिकमा खबर छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology